+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

पाँचथरको हेवा खोलामा निर्माणाधीन पुल भाँचिदा तीन कामदारको मृत्यु

अत्रिदेव खबर
२०८२ अषाढ १, आईतबार

पाँचथर : पाँचथरको हेवा खोलामा निर्माणाधीन अवस्थामा रहेको मोडुलर पुल भाँचिदा तीन जना कामदारको ज्यान गएको छ। शनिबार साँझ पुल निर्माणको क्रममा संरचना भाँचिएको थियो। दुर्घटनामा परी ६ जना कामदार घाइते भएकामा तीमध्ये तीन जनाको उपचारका क्रममा आज (आइतबार) बिहान विराटनगरस्थित नोबेल अस्पतालमा मृत्यु भएको हो।

मृत्यु हुनेहरूमा बाराको सिमरा उपमहानगरपालिका–१२ का रुपलाल चौधरी, राजन चौधरी र राकेश चौधरी रहेको जिल्ला प्रहरी कार्यालय, पाँचथरका प्रहरी नायब उपरीक्षक (डीएसपी) कौशल बुढाथोकीले जानकारी दिए। घाइते भएका अन्य तीन जना कामदार प्रकाश चौधरी, भुलेश्वर चौधरी र अभिषेक चौधरीको नोबेल अस्पतालमै थप उपचार भइरहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार, ७० मिटर लामो हेवा खोलामा मोडुलर पुल वारपार जोडेर सकिनै लागेको अवस्थामा भाँचिएको थियो। पुल भाँचिनुको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घटनाको विस्तृत विवरण आउन बाँकी छ।

 

२०८२ अषाढ १, आईतबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ अषाढ १, आईतबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ