+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

मधेसकेन्द्रित दलहरूको संघीय लोकतान्त्रिक मोर्चाको बैठक बस्दै: संविधान संशोधन र आदिवासी जनजाती सहकार्यमा जोड

अत्रिदेव खबर
२०८२ जेष्ठ ३०, शुक्रबार

काठमाडौँ : मधेसकेन्द्रित विभिन्न राजनीतिक दलहरू मिलेर बनेको संघीय लोकतान्त्रिक मोर्चाको महत्वपूर्ण बैठक आज दिउँसो तीन बजे राजेन्द्र महतो अध्यक्ष रहेको राष्ट्रिय मुक्ति पार्टीको कार्यालयमा बस्दैछ। हृदयेश त्रिपाठीको पहलमा गठित यो मोर्चामा जसपा, लोसपा, जनमत, राष्ट्रिय मुक्ति पार्टी, तमलोपालगायतका दलहरू आबद्ध छन्। उनीहरूले संविधान संशोधनलाई प्रमुख एजेण्डा बनाएर मधेसको राजनीतिलाई फराकिलो बनाउने प्रयास गरिरहेका छन्।

आजको बैठकको मुख्य एजेण्डाहरूमा आदिवासी जनजाति र मधेसीबीच सहकार्य गर्ने विषयमा छलफल गरिनेछ। मधेसकेन्द्रित दलहरू र आदिवासी जनजातिलाई एकै मोर्चामा ल्याएर संयुक्त आन्दोलन गर्ने उनीहरूको तयारी छ। यसैको संकेतस्वरूप, पाथिभरा क्षेत्रमा बन्न लागेको केबुलकारको विरोधमा उत्रिएका स्थानीय जनजातिलाई साथ दिन राजेन्द्र महतो स्वयं पाथिभरा क्षेत्रमा पुगेका थिए।

यसका साथै, आजको बैठकमा भिजिट भिसा प्रकरण माथि पनि मोर्चाले गम्भीर छलफल गर्नेछ। अध्यक्षहरूलाई पठाइएको एजेण्डा सूचीमा भिजिट भिसासम्बन्धी विषय तेस्रो स्थानमा रहेको जनाइएको छ। यसले समसामयिक राजनीतिक मुद्दाहरूमा पनि मोर्चाको चासो रहेको देखाउँछ। यो बैठकले संविधान संशोधन, आदिवासी जनजातिसँगको सहकार्य र भिजिट भिसा प्रकरणजस्ता महत्वपूर्ण विषयमा मधेसकेन्द्रित दलहरूको साझा धारणा र भावी रणनीति तय गर्ने अपेक्षा गरिएको छ।

२०८२ जेष्ठ ३०, शुक्रबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ जेष्ठ ३०, शुक्रबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ