काठमाडौं: भूमि समस्या समाधान आयोगले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा प्राप्तिका लागि आवेदन दिन आह्वान गरेको छ। आयोगले आज (बिहीबार) एक सूचना जारी गर्दै जेठ २९ गतेदेखि ३५ दिनभित्र सम्बन्धित स्थानीय तहका वडामा तोकिएका स्थानहरूमा निवेदन पेस गर्न आग्रह गरेको हो।
आयोगले जारी गरेको सूचनामा भनिएको छ, “भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीले जग्गा पाउनको लागि आयोगले तोकेको ढाँचा बमोजिम निवेदन फाराम भरी जेठ २९ गतेदेखि ३५ दिनभित्र स्थानीय तहबाट वडाका तोकिएका स्थानहरुमा खटिएका लगत संकलकमार्फत् निवेदन पेस गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ।”
आयोगले देशभरका ५३ जिल्लाका स्थानीय तहहरू तोकेरै भूमिहीन सुकुम्बासीहरूसँग निवेदन माग गरेको छ। यसले लामो समयदेखि जग्गाको समस्या भोगिरहेका हजारौं परिवारलाई राहत मिल्ने अपेक्षा गरिएको छ।
२०८२ जेष्ठ २९, बिहिबार