+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अनेरास्ववियुको २४औँ महाधिवेशन: नयाँ नेतृत्वका लागि चुनावी प्रक्रिया सुरु, राति ८ बजेदेखि मतदान

अत्रिदेव खबर
२०८२ जेष्ठ २८, बुधबार

काठमाडौँ  : नेकपा (एमाले) को विद्यार्थी संगठन अनेरास्ववियुको २४औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु भएको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको हलमा जारी महाधिवेशनमा अध्यक्ष पदका लागि प्रकाश पौडेल र डा. सुजन कडरियाबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ। दुवैले अध्यक्षमा उम्मेदवारी दर्ता गराएर चुनावी मैदानमा उत्रिएका छन्।

अध्यक्ष बाहेकका अन्य प्रमुख पदहरूमा पनि तीव्र प्रतिस्पर्धा रहेको छ। खुला उपाध्यक्षमा पाँच जना उम्मेदवार छन्, जसमा विकाश श्रेष्ठ, राजकुमार ढकाल, भरतसिंह धामी, धर्मेन्द्र केसी र गणेशबहादुर शाही चुनावी मैदानमा उत्रिएका छन्। त्यसैगरी, महिला उपाध्यक्षका लागि सुजिता धिताल, अञ्जना शिवाकोटी, भवानी बजगाईं र आरती भट्टराई ले उम्मेदवारी दिएका छन्।

महासचिव पदका लागि दीपक धामी, आर के रोमश र सुनिल कँडेल बीच प्रतिस्वर्धा हुनेछ। एक उपमहासचिवका लागि प्रेमिका शाही, कमल जोशी र अमरबहादुर शाही ले उम्मेदवारी दर्ता गराएका छन्। सबैभन्दा धेरै प्रतिस्पर्धा भने चार सचिव पदका लागि देखिएको छ, जहाँ ३६ जना उम्मेदवार चुनावी मैदानमा छन्। सचिवका लागि आकाश घर्ती, रक्षा बम, रेखा न्यौपाने, सौगात ढकाल लगायतका उम्मेदवारहरू प्रतिस्पर्धामा छन्।

यसैबीच, अनेरास्ववियुको २४औँ महाधिवेशनमा निर्वाचन कार्यतालिका संशोधन गरिएको छ। निर्वाचन कमिटीले सार्वजनिक गरेको नयाँ कार्यतालिकाअनुसार आज (बुधबार) दिउँसो ३ बजे उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशन गरिसकिएको छ। साँझ ५:३० बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ। मतदान भने आज राति ८ बजेदेखि राति २ बजेसम्म हुनेछ। मतदान सकिएपछि मतगणना, निर्वाचनको मतपरिणामको घोषणा, प्रमाणपत्र वितरण र सपथ ग्रहणको कार्यतालिका रहेको निर्वाचन कमिटीले जनाएको छ।

२०८२ जेष्ठ २८, बुधबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ जेष्ठ २८, बुधबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ