काठमाडौँ : प्रतिनिधि सभाको बैठकमा आज पनि विपक्षी दलहरूको अवरोधका कारण तनावपूर्ण अवस्था सिर्जना भएको छ। प्रमुख विपक्षी दलहरूले बैठक सुरु हुनासाथ नाराबाजी गर्दै उठेर बैठक अवरुद्ध पारेपछि संसद्को कामकारबाही प्रभावित भएको छ।
सभामुख देवराज घिमिरेले स्थितिलाई सामान्यीकरण गर्ने प्रयास गर्दै सबै सांसदलाई पालैपालो बोल्ने अवसर दिने आश्वासन दिए पनि सत्ता पक्ष र विपक्षी सांसदहरूबीच चर्काचर्की र भनाभन जारी छ। यो गतिरोधले संसदीय प्रक्रियामा थप जटिलता उत्पन्न गरेको छ।
२०८२ जेष्ठ २८, बुधबार