काठमाडौं : काठमाडौंको टोखास्थित ग्राण्डी अस्पताल नजिकै प्रहरीले गोली चलाएर दुई जना लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको छ। गोली लागेर दुई जना प्रहरी पनि घाइते भएका छन्।
प्रहरी इन्स्पेक्टर राकेश यादवको टोलीले गोली चलाएर कारोबारीहरूलाई नियन्त्रणमा लिएको हो। घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
२०८२ जेष्ठ २७, मंगलबार