काठमाडौं : संघीय संसद्को प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भिजिट भिसाको दुरुपयोग तथा मानव तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनबारे नेपाली कांग्रेसलाई ५ बुँदे लिखित प्रस्ताव गरेको छ।यसअघिका वार्ताका आधारमा रास्वपाले कांग्रेससमक्ष छलफलका लागि भिजिट भिसाको दुरुपयोग तथा मानव तस्करीबारे उच्चस्तरीय छानबिन समितिबारे लिखित प्रस्ताव गरेको हो।
‘घटनाहरूमा संलग्न देखिएका सरकारी कर्मचारी, ट्राभल एजेन्सी, म्यानपावर कम्पनी, कूटनीतिक नियोगका अधिकारी र संगठित अपराध समूहहरूको भूमिका सार्वजनिक हुँदै गइरहेको सन्दर्भमा यी प्रकरणहरूको गहिरो र निष्पक्ष छानविन आवश्यक छ,’ प्रस्तावनामा भनिएको छ, ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसासँग सम्बन्धित भ्रष्टाचारको आयाममा अनुसन्धान गरिरहे पनि मानव तस्करी, संगठित अपराध र नीतिगत एवम् प्रशासनिक कमजोरीरूको फराकिलो अनुसन्धान गर्दै यस्ता कुकृत्य पुनः दोहोरिन नदिने उपायहरू अवलम्बन गर्न आज सत्तापक्ष र प्रतिपक्षबीच निम्न बुँदाहरूमा सहमति भएको छ।’
हेर्नुहोस् रास्वपाको ५ बुँदे प्रस्ताव :
Download PDF
२०८२ जेष्ठ २६, सोमबार