+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

आज संसद खुल्ने/नखुल्ने अन्योलमा, प्रतिपक्षी दलहरूको बैठक बस्दै

अत्रीदेव खबर
२०८२ जेष्ठ २६, सोमबार

काठमाडौँ :  प्रतिनिधि सभाको आज (सोमबार) दिउँसो २ बजेका लागि बोलाइएको बैठक सञ्चालन हुने वा नहुने भन्ने विषयमा अन्योल देखिएको छ। बैठकअघि प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिपक्षी दलहरूको बैठक बोलाएका छन्।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष दाहालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), एकीकृत समाजवादी लगायत संविधान र गणतन्त्र पक्षधर दलहरूलाई बैठकमा बोलाएका छन्। तर, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई भने यस बैठकमा आमन्त्रित गरिएको छैन।

प्रतिपक्षी दलहरूले केही दिनदेखि भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समिति गठनको माग गर्दै प्रतिनिधि सभा बैठक अवरोध गर्दै आएका छन्। हिजो (आइतबार) पनि दलहरूबीच पटक पटक छलफल भए पनि सदनको गतिरोध अन्त्य हुन सकेको थिएन। अपराह्न ५ बजे बसेको बैठक प्रतिपक्षी दलहरूको अवरोधकै बीच चल्न सकेन र आज दिउँसो २ बजेसम्मका लागि स्थगित भएको थियो।

अहिलेसम्म दलहरूबीच कुनै समझदारी नबनेकाले आजको प्रतिनिधि सभा बैठक पनि सञ्चालन हुने सम्भावना कम देखिएको छ। प्रतिपक्षी दलहरूको आजको बैठकले संसदको गतिरोध अन्त्यका लागि कस्तो रणनीति बनाउँछ, त्यो हेर्न बाँकी छ।

२०८२ जेष्ठ २६, सोमबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ जेष्ठ २६, सोमबार

लेखकको बारेमा

अत्रीदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ