+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

प्रतिनिधि सभाको बैठक आज बस्दै, अवरोध बारे सहमतिको प्रयास जारी

अत्रिदेव खबर
२०८२ जेष्ठ २६, सोमबार

काठमाडौँ : प्रतिनिधि सभाको बैठक आज बस्दै छ । संघीय संसद सचिवालयका अनुसार बैठक आज अपरान्ह २ बजेदेखि बस्दैछ ।

यसअघि आइतबार बसेको बैठक शुरु हुनासाथ विपक्षी दलहरुले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले आज अपराहन्न २ बजेसम्मका लागि स्थगित गरेका थिए ।सभामुखले हाल जारी सत्ता पक्ष र विपक्षी दलहरुबीच सहमति हुन लागेको आफुले बुझेको भन्दै सोमबार सम्मका लागि संसद स्थगित गरेका हुन् ।

जेठ १३ गतेदेखि भिजिट भिसा प्रकरणमा विपक्षी दलहरुले रमेश लेखकको राजीनामा र छानबिनको माग गर्दै संसद अवरुद्ध गर्दै आएका छन् ।संघीय संसद सचिवालयले आज बजेटमाथि छलफलको कार्यसूची तय गरेको छ ।

२०८२ जेष्ठ २६, सोमबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ जेष्ठ २६, सोमबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ