+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

माधव नेपाल भन्छन्ः कार्यकर्तालाई समर्पित बनाउने हो, ‘झोले’ होइन

अत्रिदेव खबर
२०८२ जेष्ठ २५, आईतबार

काठमाडौँ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले सरकारले आफ्ना कार्यकर्तालाई ‘झोले’ बनाएको आरोप लगाएका छन्।

आइतबार पार्टी कार्यालय आलोकनगरमा बसेको पार्टीको बागमती प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो कार्यकर्तालाई पार्टीप्रति समर्पित बनाउनुहोस्, झोले नबनाउनुहोस् भन्दै सुझाए। उनले भने, ‘वर्तमान सरकारका तौर तरिकालाई हेर्दा दिक्क लागिरहेको छ। त्यसैले सरकारलाई बेलाबेलामा सुझाव दिइरहेको छौं। सरकार गलत बाटो नहिडोस्, गलत दृष्किोण त्यागोस्। आग्रहपूर्वाग्रह नलियोस्। देश र जनताको कल्याणको निम्ति इमान्दारिताकासाथ लागोस्। आफ्नो कार्यकर्तालाई समर्पित बनाउनुहोस्, झोले नबनाउनुहोस्।’

त्यस्तै उनले शक्तिशाली सरकार भएर पनि सरकारले आफ्नो देशलाई राम्रो बनाउने कुरामा ध्यान नदिएको बताए।उनले भने, ‘सरकारले आफ्नो देशलाई राम्रो बनाउने कुरामा खोइ ध्यान दिएको? जबकी यो भन्दा शक्तिशाली सरकार संभवत अर्को बन्न सक्दैन। सङ्ख्याको हिसाबले, पार्टीको हिसाबले पनि अत्यन्तै ठूलो रहेको सरकार अहिले देशमा हुँदा त्यसले पनि केही गर्न सकेन भने विकासको बारेमा प्रश्न उठाउनु स्वभाविक हो। जनतामा भएको निराशाको फाइदा उठाउन खोज्नु पनि स्वभाविक हुन्छ।’

त्यस्तै उनले प्रतिस्पर्धाको राजनीतिमा आफूहरू लागिरहेको भन्दै प्रतिस्पर्धाबाट कुनै पनि हालतमा पछि नहट्ने दाबी गरे।

२०८२ जेष्ठ २५, आईतबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ जेष्ठ २५, आईतबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ