+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

भीम रावलले राजवादी समूहसँग मिल्ने हल्लाको खण्डन गरे

अत्रिदेव खबर
२०८२ जेष्ठ २५, आईतबार

काठमाडौँ: भीम रावलले आफू राजवादी समूहसँग मिलेर राजसंस्था फर्काउने आन्दोलनमा लाग्ने भनी चलेका हल्लाहरूको खण्डन गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत उक्त हल्ला निराधार रहेको स्पष्ट पारेका हुन्।

रावलले हालै ‘मातृभूमि जागरण अभियान, नेपाल’ अन्तर्गत विभिन्न जिल्लामा कार्यक्रम गरी काठमाडौँ फर्केको बताउँदै यस अवधिमा आफ्नो बारेमा विभिन्न हल्ला चलाइएको सुनेको उल्लेख गरेका छन्।”दुई हप्ता मातृभूमि जागरण अभियान, नेपाल अन्तर्गत विभिन्न जिल्लामा कार्यक्रम गरी काठमाडौं फर्कदा मेरो बारेमा विभिन्न हल्ला चलाइएको सुनियो,” उनले भनेका छन्, “हामीहरू उक्त कार्यक्रममा निरन्तर क्रियाशील छौं। यस बाहेकका अन्य हल्ला निराधार भएको तथ्य स्पष्ट गर्दछु।”

केही समयदेखि मिडिया र सामाजिक सञ्जालमा नेता रावल राजवादी समूहसँग मिलेर राजसंस्था फर्काउने आन्दोलनमा सहभागी हुने चर्चा चुलिएको थियो। रावलको यो स्पष्टीकरणले उक्त हल्लालाई चिरेको छ।

२०८२ जेष्ठ २५, आईतबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ जेष्ठ २५, आईतबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ