+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

प्रतिनिधिसभाको गतिरोध हटाउन सहमति पत्रको तयारी: अध्यागमन छानबिन समिति बन्ने सम्भावना

अत्रिदेव खबर
२०८२ जेष्ठ २५, आईतबार

काठमाडौँ : प्रतिनिधिसभामा जारी गतिरोध अन्त्य गर्न सत्तारुढ र विपक्षी दलहरू सहमतिको नजिक पुगेका छन्। दुवै पक्ष अहिले लिखित प्रस्ताव तयार पार्नमा जुटेका छन्।

केहीबेरअघि नेपाली कांग्रेस र विपक्षी दलका नेताहरूबीच भएको छलफलपछि सहमतिको लागि पत्र तयार पारिएको नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिएका छन्। “हामी छलफलमै छौँ। लिखित प्रस्ताव गर्ने भनेर ड्राफ्ट गर्दैछौँ,” उनले भने। यो लिखित प्रस्तावमा अध्यागमनको संरचनागत, नीतिगत र कानुनी सुधारका लागि छानबिन तथा अध्ययन समिति बनाउने प्रस्ताव समावेश गरिनेछ। विपक्षी दलहरूले उक्त समितिको माग गरेका थिए, र सरकारले पनि छानबिन तथा अध्ययन गर्न प्रतिबद्ध रहेको बताएको छ।

कांग्रेस पनि छानबिनका लागि तयार भएको र सरकारले छानबिन तथा अध्ययनका लागि ‘कमिटेड’ रहेको बताएपछि लिखित सहमति तथा मिति तोक्नेबारे कुराकानी भइरहेको पाण्डेले बताए। कांग्रेस र नेकपा (एमाले) बीच पनि यसबारे कुराकानी भइरहेको बुझिएको छ।यस सहमतिले प्रतिनिधिसभाको अवरोध हटी सदनको कार्यप्रणाली सहज हुने अपेक्षा गरिएको छ।

२०८२ जेष्ठ २५, आईतबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ जेष्ठ २५, आईतबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ