+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

प्रधानमन्त्री ओली: ‘मिसन २०८४’ मा एमालेको एकल बहुमत

अत्रिदेव खबर
२०८२ जेष्ठ २५, आईतबार

काठमाडौं ः प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकार सही नीतिमा अघि बढेको र सत्ता साझेदार दलभित्र कुनै फाटो नरहेको स्पष्ट पारेका छन् । उनले अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को २४ औँ राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै यस्तो बताएका हुन् । ।

प्रधानमन्त्री ओलीले स्थिरता, सुशासन र विकासका लागि सरकार सही दिशामा अघि बढिरहेको र सत्ता साझेदार दलहरूबीच कुनै मतान्तर नरहेकोमा जोड दिए । उनले नेपाली काँग्रेस र एमालेबीचको सहमतिअनुसार अबको १३ महिनापछि काँग्रेसलाई सरकारको नेतृत्व हस्तान्तरण गर्ने र एमाले सरकारमा सामेल हुने कुरा दोहोर्याए । उनले विपक्षीहरूले सत्ता गठबन्धनभित्र फाटो ल्याउन खोजे पनि सफल नहुने बताए ।

अध्यक्ष ओलीले ’मिसन २०८४’ अन्तर्गत आगामी निर्वाचनमा एमालेले बहुमत ल्याउने लक्ष्य राखेको स्पष्ट पारे । उनले अहिले सँगै सरकारमा भए पनि निर्वाचनमा आ–आफ्नो प्रतिस्पर्धाका आधारमा लड्न तयार रहेको बताए । उनले एमालेले आगामी निर्वाचनमा एकल बहुमत ल्याउने गरी काम गर्नुपर्नेमा जोड दिए र यसमा कुनै अन्योलमा रहनुपर्ने अवस्था नरहेको धारणा व्यक्त गरे ।

प्रधानमन्त्री ओलीले युवा विद्यार्थीहरूलाई सूचना प्रविधिसँग अभ्यस्त भई एमालेको जनताको बहुदलीय जनवाद र ’समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने अभियानमा अग्रणी भूमिका खेल्न आग्रह गरे । उनले अनेरास्ववियुको अगुवाइमा २०३६ सालमा जनमत संग्रहको घोषणा गर्न बाध्य बनाएको र देशमा लोकतन्त्र तथा गणतन्त्र ल्याउन बलिदान गरेको स्मरण गरे । गणतन्त्रको रक्षा, सुदृढ र गतिशील बनाउन विद्यार्थीका नाममा हुने तोडफोड, कुटपिट, शिक्षालयमा आगजनी र तालाबन्दी जस्ता हिंसात्मक क्रियाकलापका लागि अनेरास्ववियुलाई छुट नहुने बताउँदै संगठनलाई परिवर्तनकारी, सभ्य र जिम्मेवार संगठनका रूपमा रहन निर्देशन दिए । उनले अनेरास्ववियुका सदस्यहरूलाई ’म अखिल हुँ’ भन्दै कार्ड देखाएर धम्क्याउने व्यवहार नगरी मित्रतापूर्ण बोली, व्यवहार र आचरणबाट चिनिन आग्रह गरे ।

ओलीले एमालेप्रति भ्रम फैलाउने र पार्टीभित्र एकता हुन नदिन खोज्ने प्रवृत्ति रहेको औँल्याए । उनले पार्टीभित्र एकता, फेरि एकता र सुदृढ एकतामा जान सकेमा मात्र लक्ष्यमा प्रभावकारी रूपमा अघि बढ्न सकिनेमा जोड दिए । यदि मिल्नै नसकेको खण्डमा मित्रतापूर्ण निर्वाचनमा जाने अधिकार सुरक्षित रहेको भन्दै उहाँले पार्टीभित्र झ्याम्टा बजाउँदा मात्र लोकतन्त्र हुने, सहमति नहुँदा लोकतन्त्र नहुने खालको भावनामा नबग्न आग्रह गरे ।

२०८२ जेष्ठ २५, आईतबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ जेष्ठ २५, आईतबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ