+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

कोशी प्रदेशमा शेखर समूह सक्रिय: कांग्रेस सुधारका लागि ‘चाल, चेहरा, चरित्र’ को नारा

अत्रीदेव खबर
२०८२ जेष्ठ २४, शनिबार

विराटनगर : नेपाली कांग्रेसको शेखर कोइराला समूहले कोशी प्रदेशको राजधानी विराटनगरमा आयोजना गरेको भेलाले पार्टीको आगामी महाधिवेशन तोकिएकै समयमा हुनुपर्नेमा जोड दिएको छ। शुक्रवार विराटनगरमा सम्पन्न प्रदेशस्तरीय भेलाले पार्टीको वर्तमान अवस्था र भावी कार्यदिशाबारे गहन छलफल गरेको हो।

भेलामा कोइराला निकट कांग्रेस केन्द्रीय सदस्य, प्रदेशसभा सदस्य र जिल्ला सभापतिहरूको उपस्थिति थियो। नेता गुरुराज घिमिरेका अनुसार, भेलाले १५ औं महाधिवेशनको सुनिश्चितता, तीनै तहका सरकारमा कांग्रेसको भूमिका र उपलब्धिहरू, कोशी प्रदेशको सांगठनिक अवस्था, चुनौती र समाधानका उपायहरू लगायतका विविध पक्षमा विचारविमर्श गरेको थियो।भेलाले ‘रि-भिजिट बिपी, रिभाईभ कांग्रेस’ को नारालाई आत्मसाथ गर्दै पार्टी सञ्चालन हुनुपर्नेमा जोड दिएको छ। सहभागीहरूले अबको कांग्रेस ‘चाल, चेहरा र चरित्र’ सहितको हुनुपर्ने आवश्यकता औंल्याउँदै नेतृत्व वर्गलाई त्यसमा केन्द्रित हुन आग्रह गरेका छन्।

विराटनगर महानगरपालिका सभापति दीपक चापागाईंका अनुसार, भेलामा सबैभन्दा ठूलो गुनासो पार्टी भित्रका निर्णयहरू एकपक्षीय रूपमा भइरहेको र अर्को पक्षलाई काम गर्नै नदिने अवस्था सिर्जना भएको विषयमा थियो। भेलामा कोइराला पक्षीय नेता गुरुराज घिमिरे, प्रतिनिधिसभा सदस्य सरिता प्रसाईँ, कांग्रेस केन्द्रीय सदस्य राजीव कोइराला, कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्की लगायतका नेताहरूको सहभागिता रहेको थियो। गुरुराज घिमिरेले भेलाको उद्देश्य पार्टीको सांगठनिक अवस्थाबारे छलफल गर्नु र पार्टीमा के हुनुपर्दथ्यो र के भइरहेको छ भन्ने विषयमा आग्रह पूर्वाग्रह नराखी समीक्षा गर्नु रहेको बताए।

२०८२ जेष्ठ २४, शनिबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ जेष्ठ २४, शनिबार

लेखकको बारेमा

अत्रीदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ