+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

पूर्वराष्ट्रपति भण्डारीको राजनीतिक पुनरागमनको संकेत: झापामा एमाले नेताहरूसँग सक्रिय भेटघाट!

अत्रिदेव खबर
२०८२ जेष्ठ २४, शनिबार

विराटनगर : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले विराटनगरमा पत्रकारहरूसँग कुरा गर्दै आफ्नो राजनीतिक यात्रा चाँडै सुरु हुने संकेत दिएकी छिन्। उनले आफू एमाले अध्यक्ष कहिले बन्ने भन्ने प्रश्नमा ‘बेला आएपछि’ भनेर जवाफ दिएकी थिइन्।

विराटनगरको कार्यक्रमपछि उनी झापा गएकी थिइन्, जहाँ उनले एमालेका नेता तथा कार्यकर्ताहरूसँग भेटघाट गरिन्। झापामा उनको भव्य स्वागत गरिएको थियो। एमाले झापाका अध्यक्ष प्रेमबहादुर गिरी, अनेम संघकी केन्द्रीय उपाध्यक्ष मेनुका काफ्ले लगायतका नेताहरूले उनलाई स्वागत गरेका थिए।उनको झापा भ्रमणको मुख्य उद्देश्य शनिबार सुरु हुने कोशी प्रदेशस्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनीको उद्घाटन गर्नु हो। यो प्रदर्शनी नेकपा एमालेको विज्ञान तथा प्रविधि विभागले बिर्तामोडस्थित देवी माविमा आयोजना गरेको हो।

झापामा रहँदा भण्डारीले युवा संघ, पूर्वसांसद, मेयर लगायत विभिन्न नेता तथा कार्यकर्ताहरूसँग भेटवार्ता गरिन्। विशेषगरी, अध्यक्ष ओलीसँग रुष्ट नेताहरू उनको भेटघाटमा सक्रिय देखिएको स्रोतले बताएको छ। उनले शुक्रबार रातिसम्म भेटघाटमा समय बिताइन्, जसमा महिला नेताहरूसँगको छलफल पनि समावेश थियो।

पूर्वराष्ट्रपति भण्डारी शनिबार दिनभर र आइतबार दिउँसोसम्म झापामै रहनेछिन्। उनी शनिबार विज्ञान प्रविधि प्रदर्शनीमा र आइतबार नारी सञ्चार गृहले आयोजना गर्ने कार्यक्रममा सहभागी हुँदै छिन्। यी कार्यक्रमबाहेक उनको अधिकांश समय भेटघाटमै बित्ने बताइएको छ।

२०८२ जेष्ठ २४, शनिबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ जेष्ठ २४, शनिबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ