+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

माधव नेपालविरुद्धको मुद्धामा राजनीतिक प्रतिशोधको गन्ध आयो- प्रचण्ड

अत्रीदेव खबर
२०८२ जेष्ठ २३, शुक्रबार

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माधव नेपालविरुद्ध मुद्धा दायर हुनुमा प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक प्रतिशोधको गन्ध आएको टिप्पणी गरेका छन् ।संसद भवन परिसरमा पत्रकारहरुलाई प्रतिक्रिया दिदै नेपालविरुद्ध मुद्धा दायर हुनुमा राजनीतिक प्रतिशोधको गन्ध आएको बताएका हुन् ।

प्रचण्डले भने- ‘अदालतले नेपालमाथि न्याय गर्छ भन्ने ठान्छु । तर कुरा के छ भने प्रधानमन्त्रीजीको अलिकति राजनीतिक प्रतिशोधको गन्ध आएको छ । अख्तियारले नै कहिँ न कहिँ एउटा गम्भीर प्रश्न जन्माएको छ । पहिला अख्तियारले प्रधानमन्त्रीको बारेमा र क्याबिनेटको निर्णयमा नीतिगत निर्णयको विषय अख्तियारको क्षेत्रभन्दा बाहिरको कुरा भएकोले ललिता निवास प्रकरणमा बाबुराम भट्टराई र माधव नेपालको बारेमा जे प्रश्न उठेको थियो यो हाम्रो क्षेत्राधिकार भित्र पर्दैन, जे गर्नुछ क्याबिनेटले नै गरोस भनेर लेखेको पत्र मैले नै हेरेको छु । तर अहिले त्यहि अख्तियारले माधवजीले गरेको त नीतिगत निर्णय हो जे गरेको भएपनि, यसैमा फेरी प्रश्न गरेकोले प्रश्न उठेको छ शायद अख्तियारले जवाफ देला ।’

प्रचण्डले यसले सबै प्रधानमन्त्री छानबिनको दायरामा आउने बताउदै नीतिगत निर्णय अख्तियारको अधिकारमा पर्छकी पर्दैन भन्ने बहस शुरु भएको बताए ।

 

२०८२ जेष्ठ २३, शुक्रबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ जेष्ठ २३, शुक्रबार

लेखकको बारेमा

अत्रीदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ