+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

प्रतिनिधि सभाको बैठक आइतबारसम्मका लागि स्थगित

अत्रीदेव खबर
२०८२ जेष्ठ २३, शुक्रबार

काठमाडौँ : प्रतिनिधि सभाको बैठक आज पनि बस्न सकेन । सभामुख देवराज घिमिरेले आजपनि बैठक बस्न सक्ने अवस्था नबनेपछि आइतबार अपराहन्न १ बजेसम्मका लागि स्थगित गरेको सभामुखको सचिवालयले जानकारी दिएको छ ।

आज संसदको अवरोध खुलाउने प्रयास भएपनि सफल हुन सकेन । आज माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपक्षी दलहरुसँग छलफल गरेका थिए भने उनले कांग्रेसका नेताहरुसँग पनि छलफल गरेका थिए ।

माओवादी केन्द्रले संसदमा गृहमन्त्रीलाई बोल्न दिने र भिजिट भिसा प्रकरणको छानबिन समिति गठन गरेर यो विषयको ‘सेफ ल्यान्डिङ’ खोजेको दाबी गरिएको छ । तर सत्ता पक्ष भने हाल भिजिट भिसा प्रकरणको अख्तियारले छानबिन गरिरहेकोले अर्को समिति वा आयोग बनाउन आवश्यक नरहेको अडानमा रहेको छ ।

२०८२ जेष्ठ २३, शुक्रबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ जेष्ठ २३, शुक्रबार

लेखकको बारेमा

अत्रीदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ