+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

संसदको अवरोध खुलाउन माओवादी र काँग्रेसका नेताहरु छलफलमा

अत्रिदेव खबर
२०८२ जेष्ठ २३, शुक्रबार

काठमाडौँ : प्रतिनिधि सभाको अवरोध खुलाउने बारे सत्ता पक्ष र विपक्षी दलहरुको म्याराथन बैठक र छलफल जारी रहेको छ ।

यसै क्रममा सत्तारुढ दल नेपाली काँग्रेस र माओवादी केन्द्रका नेताहरुबीच अहिले संघीय संसद भवन नयाँ बानेश्वरमा छलफल शुरु भएको छ ।माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपक्षी दलहरुसँग छलफल सकेपछि उनी अहिले कांग्रेस उपसभापति पूर्णबहादुर खड्कासहितका नेताहरुसँग छलफलमा रहेका छन् ।

माओवादी केन्द्रले संसदमा गृहमन्त्रीलाई बोल्न दिने र भिजिट भिसा प्रकरणको छानबिन समिति गठन गरेर यो विषयको ‘सेफ ल्यान्डिङ’ खोजेको दाबी गरिएको छ । तर सत्ता पक्ष भने हाल भिजिट भिसा प्रकरणको अख्तियारले छानबिन गरिरहेकोले अर्को समिति वा आयोग बनाउन आवश्यक नरहेको अडानमा रहेको छ ।

२०८२ जेष्ठ २३, शुक्रबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ जेष्ठ २३, शुक्रबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ