+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

प्रतिनिधिसभाको बैठक अझै शुरु भएन, विपक्षी दलहरुसँग छलफलमा प्रचण्ड

अत्रीदेव खबर
२०८२ जेष्ठ २३, शुक्रबार

काठमाडौं : प्रतिनिधिसभाको बैठक संचालन हुने विषयमा आज पनि अन्योल देखिएको छ । आज अपराहन्न १ बजेको लागि बोलाईएको बैठक अझै सुरु हुन सकेको छैन् ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै विपक्षी दलहरुले सदनको अवरोध जारी राखेपछि बैठक बस्न नसकेको हो । अहिले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपक्षी दलहरुसँग छलफल गरिरहेका छन् ।

संसद भवनमा रहेको आफ्नो कार्यकक्षमा प्रचण्डले विपक्षी दलहरुसँग छलफल गरिरहेका हुन् । यस अघि माओवादी केन्द्रको पदाधिकारी बैठकले विहिबार संसद्को अवरोध खुलाउन अधिकतम प्रयास गर्ने निर्णय गरेको थियो ।माओवादी केन्द्र गृहमन्त्रीको राजीनामाको मागमा लचक भएको अन्य विपक्षीले आरोप लगाइरहेका छन् । माओवादी केन्द्रले संसदमा गृहमन्त्रीलाई बोल्न दिने र भिजिट भिसा प्रकरणको छानबिन समिति गठन गरेर यो विषयको ‘सेफ ल्यान्डिङ’ खोजेको एक कांग्रेस नेताले एभरेष्ट न्यूज एजेन्सीसँग बताए ।

तर सत्ता पक्ष भने हाल भिजिट भिसा प्रकरणको अख्तियारले छानबिन गरिरहेकोले अर्को समिति वा आयोग बनाउन आवश्यक नरहेको अडानमा रहेको छ ।

 

२०८२ जेष्ठ २३, शुक्रबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ जेष्ठ २३, शुक्रबार

लेखकको बारेमा

अत्रीदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ