+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सर्वोच्चको आदेश बारे अग्नि सापकोटाले के भने ?

अत्रिदेव खबर
२०८२ जेष्ठ २२, बिहिबार

काठमाडौँ :  नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले सर्वोच्च अदालतबाट आएको आदेशका बारेमा पूर्ण पाठ आएपछि टिप्पणी गर्ने बताएका छन् ।

बिहीबार बिहान अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा बसेको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सापकोटाले आफ्नो मुद्दाबारेको सर्वोच्च अदालतको हिजोको आदेश पूर्णपाठ हेरेपछि मात्र टिप्पणी गर्ने बताएका हुन् ।

उनले भने- ‘कुनै कुराको टिप्पणी गर्दा खेरि त्यसको अध्ययन गर्नुपर्छ, अहिले लिखित आदेश आएको छैन, आ-आफ्नै ढङ्गबाट प्रचार गरेका छन्, त्यसमा त्यति धेरै सत्यता छैन । आफ्नै हिसाबले प्रचार गरेका छन्, धेरै छलफल गर्नुपर्ने आवश्यकता नै छैन । जब पूर्ण पाठ आउछ, त्यसपछि अध्ययन गरेपछि धारणा व्यक्त गर्ने कुरा नै ठिक हुन्छ । अदालती कुरा हो, अधुरो अंशमा अपूर्ण कुरामा टिप्पणी गर्नु त्यति परिपक्कता देखिदैन ।’

सर्वोच्च अदालतको संवैधानिक इजलासले सापकोटाविरुद्ध १४ वर्ष पुरानो रिटमा सुनुवाइ गर्दै ज्यान मुद्दामा अनुसन्धान गर्न सरकारलाई परमादेश दिएको छ । यो आदेशपछि अब उनीविरुद्ध ज्यान मुद्दामा अनुसन्धान हुन बाटो खुलेको छ ।

२०८२ जेष्ठ २२, बिहिबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ जेष्ठ २२, बिहिबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ