काठमाडौँ : नेकपा माओवादी केन्द्रले संसदको अवरोध खुलाउन अधिकतम प्रयास गर्ने निर्णय गरेको छ ।
बिहीबार बिहान अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले संसदको अवरोध खुलाउन अधिकतम प्रयास गरिरहेको उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिएका छन् ।प्रवक्ता सापकोटाले अहिलेको संसदको अवरोध खुलाउन सरकार र अन्य प्रतिपक्षी दलहरूसँग छलफल भइरहेको र यसलाई निष्कर्षमा पुर्याउन अधिकतम पहल गर्ने निष्कर्षमा पुगेको बताए ।
उनले भने- ‘मुख्य कुरा छानबिनको हो । कुरा भईरहेको छ । हिजो पनि छलफल भएको थियो । आज पनि छलफल गर्छौं । यसलाई सकारात्मक निष्कर्षमा पुर्याउनु पर्छ भन्ने छ । सरकार पक्ष र अरू विपक्षी दलहरूसँग पनि छलफल गर्छौं । हामी यो गम्भीर विषय भएकोले यसलाई सकारात्मक रुपमा निष्कर्षमा पुर्याउनु पर्छ भन्ने छ ।’
२०८२ जेष्ठ २२, बिहिबार