+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

कमल थापाको गुनासो- निषेधित क्षेत्रविरुद्धको रिट दर्ता गर्न सर्वोच्च तयार भएन

अत्रिदेव खबर
२०८२ जेष्ठ २२, बिहिबार

काठमाडौँ : राप्रपा नेपालका अध्यक्ष कमल थापाले निषेधित क्षेत्रविरुद्धको सर्वोच्च अदालतले दर्ता नगरेको गुनासो गरेका छन् ।

सामाजिक सञ्जालमा न्यायको नौसिङ हुन्छ भन्थे हो रहेछ भन्दै अध्यक्ष थापाले माईतीघर मण्डलामा विरोध प्रदर्शन गर्न निषेध गरिँदा सर्वोच्चले तत्काल सो निषेधित क्षेत्र तत्काल खुला गर्न आदेश दिएको तर सिङ्गो महानगरपालिका निषेधित क्षेत्र घोषित गर्दा रिट दर्ता गर्न पनि तयार नभएको गुनासो गरेका छन् ।

उनले भनेका छन्-थरीथरीको न्याय ! माईतीघर मण्डलामा विरोध प्रदर्शन गर्न निषेध गरिँदा सर्वोच्च अदालतले तत्काल सो निषेधित क्षेत्र तत्काल खुला गर्न आदेश दिएको थियो। तर, सिङ्गो महानगरपालिका निषेधित क्षेत्र घोषित गर्दा रिट दर्ता गर्न पनि सर्वोच्च अदालत तयार भएन । न्यायको नौसिङ हुन्छ भन्थे हो रहेछ ।

 

२०८२ जेष्ठ २२, बिहिबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ जेष्ठ २२, बिहिबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ