+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

प्रतिनिधिसभाको बैठक आज बस्दै, विपक्षीको अडान कायमै

अत्रिदेव खबर
२०८२ जेष्ठ २२, बिहिबार

काठमाडौँ : प्रतिनिधिसभाको बैठक आज बस्दै छ । यसअघि लगातार दुई दिनसम्म बैठक बस्दै नबसी स्थगित भएपछि आज अपराहन्न १ बजे बस्ने गरि बैठकको समय तोकिएको छ ।

संसदको अवरोध खुलाउने विषयमा सभामुख देवराज घिमिरेले पहल गरेपनि विपक्षी दलहरुले आफ्नो अडान नछोडेपछि आजको बैठक बस्दै नबसी स्थगित भईरहेको छ । विपक्षी दलहरुले भिजिट भिसा प्रकरणको छानबिन गर्न आयोग बनाउनुपर्ने मागमा आफ्नो अडान छोडेका छैनन् ।

यसअघि गृहमन्त्री रमेश लेखकको राजीनामाको मागलाई जोडदार रुपमा उठाउदै आएका विपक्षी दलहरुले मंगलबारदेखि भिजिट भिसा प्रकरणको छानबिनमा जोड दिएका छन् । सत्ता पक्ष भनेअहिलेसम्म छानबिन समिति वा आयोग गठन गर्न तयार देखिएको छैन । सत्ता पक्षले अख्तियारले छानबिन गरिरहेकाले अहिले कुनै अन्य छानबिन समितिको आवश्यकता नरहेको बताउदै आएको छ ।

२०८२ जेष्ठ २२, बिहिबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ जेष्ठ २२, बिहिबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ