+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

लिङदेन नगएपछि राजावादीको बैठकमा विवाद

अत्रिदेव खबर
२०८२ जेष्ठ २१, बुधबार

काठमाडौँ :  राजवादी समुहको बैठकमा होहल्ला भएको छ ।काठमाडौँको सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा संयुक्त जनआन्दोलन समितिले बोलाएको राजावादी समुहका ४४ दल, समुह र अभियानका प्रतिनिधिको बैठकमा विवाद भएको हो ।

बैठकमा सहभागी एक नेताका अनुसार राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन बैठकमा अनुपस्थित भएपछि सहभागीले प्रश्न उठाएका थिए । लिङदेनले कार्यव्यस्तताको कारण देखाउदै बैठकमा सहभागी हुन नसक्ने जानकारी गराएको बताइएको छ । बैठकमा होहल्ला हुन थालेपछि समितिका संयोजक नवराज सुवेदीले सम्झाउने प्रयास गरे पनि नरोकिएपछि आन्दोलनका कार्यक्रम पछि जानकारी गराउने भन्दै बैठक स्थगित गरेका थिए ।

२०८२ जेष्ठ २१, बुधबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ जेष्ठ २१, बुधबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ