+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

वाईसीएललाई प्रचण्डको कडा निर्देशन: ‘राजावादी आइलागे इँटको जवाफ पत्थरले दिन तयार रहनू’

अत्रिदेव खबर
२०८२ जेष्ठ १८, आईतबार

काठमाडौं: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजावादीहरूको बढ्दो अराजकता विरुद्ध युवा पङ्क्तिलाई ‘इँटको जवाफ पत्थरले’ दिन तयार रहन कडा निर्देशन दिएका छन्। आइतबार योङ कम्युनिस्ट लिग (वाईसीएल) नेपालको तेस्रो सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रचण्डले राजावादीको गैरजिम्मेवार हर्कतमाथि जाइलाग्न नसक्ने भए वाईसीएलको औचित्यमाथि नै प्रश्न उठाएका छन्।

पछिल्लो समय राजावादी शक्तिहरू ‘छाडा’ भएर आक्रमणको प्रयास गरिरहेको भन्दै उनले वाईसीएलका कार्यकर्तालाई आइलाग्नेमाथि जाइलाग्नका लागि तयारी अवस्थामा रहन निर्देशन दिए। प्रचण्डले भने, ‘अहिले राजावादीहरू बडो कता कताबाट पैसा ल्याएका छन्, पैसा त उनीहरूले थुपारेकै होलान्। त्यही पैसाको बलमा भाडाका मान्छे ल्याउने, छाडा बनाउने, जाँड खुवाउने, उफार्ने गरेको तपाईंहरूले र मैले देखिरहेका छौं। म के भन्न चाहन्छु भने जाइलाग्ने चाहिँ होइन, उनीहरूको सभामा, उनीहरूको आन्दोलनमा गएर जाइलाग्न भन्न मैले खोजिरहेको छैन, बुझ्नुहोला, तर उनीहरू छाडा भएका छन्। छाडा भएर हामीमाथि आक्रमण गर्ने कोसिस गर्दैछन्। यदि उनीहरू आइलाग्छन् भने त्यसको इँटको जवाफ पत्थरले दिनेगरी तयारी गर्नुहोस्। गर्नैपर्छ।’

अध्यक्ष प्रचण्डले शनिबार नुवाकोटमा सार्वजनिक कार्यक्रममा बोलिरहेका बेला एक राजावादीले अराजक रूपमा प्रश्न गर्दा त्यहाँका स्थानीयले ‘जीवनभर पुग्नेगरी र नबिर्सिनेगरी’ प्रतिवाद गरेको उदाहरण प्रस्तुत गरे। उनले यदि कोही आइलाग्छ भने त्यस्तो अवस्थामा जाइ नलाग्ने भए कसरी वाईसीएल भयौ भन्दै प्रश्न गरे। प्रचण्डले थपे, ‘यदि हाम्रोविरुद्ध कोही आइलाग्छ भने जाइ लाग्नैपर्छ र त्यसको त प्रतिवाद गर्नैपर्छ। नत्र हामी कसरी वाईसीएल भैयो त? हामी क्रान्तिकारी कसरी भयौं त?’ उनको यो अभिव्यक्तिले राजावादी गतिविधि बढिरहेको सन्दर्भमा माओवादीले सशक्त प्रतिवादको रणनीति अख्तियार गर्ने स्पष्ट सङ्केत दिएको छ।

२०८२ जेष्ठ १८, आईतबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ जेष्ठ १८, आईतबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ