+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

माओवादी केन्द्रको मध्यपहाडी लोकमार्ग अभियान जेठ २१ पछि फेरि सुरु हुने

अत्रिदेव खबर
२०८२ जेष्ठ १६, शुक्रबार

काठमाडौं : नेकपा माओवादी केन्द्रले मध्यपहाडी लोकमार्ग लक्षित आफ्नो अभियान जेठ २१ गतेपछि पुनः सुरु गर्ने भएको छ। शुक्रबार बिहान खुमलटारस्थित अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवासमा बसेको पदाधिकारी बैठकले पोखरामा रोकिएको अभियानलाई निरन्तरता दिने निर्णय गरेको हो।

केन्द्रीय कार्यालयका मुख्य सचिव गणेशमान पुनका अनुसार, यही जेठ २ गते बैतडीको पाटनबाट सुरु भएको यो अभियानलाई जेठ २१ गतेपछि पुनः अगाडि बढाएर जेठ २५ गतेसम्म सञ्चालन गरिनेछ। बैठकमा अन्य धेरै विषयमा छलफल नभएको पनि पुनले जानकारी दिए।

२०८२ जेष्ठ १६, शुक्रबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ जेष्ठ १६, शुक्रबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ