+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राजावादीको ‘छाता आन्दोलन’ सुरु: गणतन्त्रविरुद्ध शान्तिबाटिकमा नाराबाजी

अत्रिदेव खबर
२०८२ जेष्ठ १५, बिहिबार

काठमाडौँ : राजावादी समूहले आज (बिहीबार) देखि वर्तमान व्यवस्थाविरुद्ध आन्दोलन सुरु गरेको छ। राजधानीको शान्तिबाटिकामा भेला भएका राजावादी समर्थकहरूले गणतन्त्रविरुद्ध चर्को नाराबाजी गरेका छन्।

प्रदर्शनमा सहभागी कतिपय राजावादीले राष्ट्रिय झण्डा बोकेका छन् भने, कतिपयले भने छाता बोकेर फरक शैली अपनाएका छन्। राजावादीहरूले आन्दोलनमा छातालाई नै एक प्रकारको ‘ब्रान्ड’ बनाउने प्रयास गरेको देखिन्छ। यो शैलीले उनीहरूको प्रदर्शनलाई थप फरक देखाएको छ।

नवराज सुवेदीको नेतृत्वमा रहेको यस राजावादी समूहले राजतन्त्र पुनर्स्थापना नभएसम्म आन्दोलन जारी रहने घोषणा गरेको छ। गणतन्त्र दिवसकै दिन राजधानीमा राजतन्त्रको पक्षमा भएको यो प्रदर्शनले राजनीतिक वृत्तमा थप बहस सिर्जना गरेको छ।

२०८२ जेष्ठ १५, बिहिबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ जेष्ठ १५, बिहिबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ