+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राजसंस्था पुनस्र्थापना आन्दोलन: स्वयंसेवकलाई विशेष प्रशिक्षण, २५ हजार बढी काठमाडौंमा

अत्रिदेव खबर
२०८२ जेष्ठ १४, बुधबार

काठमाडौं : राजसंस्था र हिन्दू राष्ट्रको मागसहित भोलिदेखि काठमाडौंमा ‘संयुक्त जनआन्दोलन’ सुरु हुँदैछ। यसका लागि २५ हजारभन्दा बढी राजावादी समर्थकहरु उपत्यका भित्रिसकेको दाबी आयोजकले गरेका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अगुवाइमा र संयुक्त जनआन्दोलन समितिको संयोजनमा हुन लागेको यो आन्दोलनमा राजसंस्था समर्थक सबै दल र घटकहरूको सहभागिता रहनेछ। आन्दोलनकारीहरूले राजसंस्था र हिन्दू राष्ट्र पुनस्र्थापना तथा संघीयता खारेजीको माग पूरा नभएसम्म सडक नछाड्ने अडान लिएका छन्।

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार उपत्यकाबाहिरबाट मानिसहरू आउने क्रम जारी छ र भोलिसम्म अझ धेरै सहभागी थपिने अनुमान छ। उनले आन्दोलन शान्तिपूर्ण हुने र कुनै पनि मुठभेडको अवस्था आउन नदिन पर्याप्त सावधानी अपनाइने बताएका छन्। यसका लागि १ हजार जना स्वयंसेवक परिचालन गरिनेछ जसलाई घुसपैठ रोक्न र नेता तथा जनताको सुरक्षाका लागि आवश्यक तालिम दिइएको छ।

आज काठमाडौंको एक ब्याङ्क्वेटमा स्वयंसेवकहरूलाई प्रशिक्षण तथा तालिम दिइएको छ। भेलालाई संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापालगायतका शीर्ष नेताहरूले सम्बोधन गरेका थिए। उनीहरूले आन्दोलनलाई शान्तिपूर्ण र मर्यादित बनाउनुपर्नेमा जोड दिएका छन्। यसअघि तीनकुनेको आन्दोलनमा प्रहरीको अश्रुग्यासको सामना गरेका नवराज सुवेदी पनि भोलिको आन्दोलनमा सहभागी हुनेछन्।

२०८२ जेष्ठ १४, बुधबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ जेष्ठ १४, बुधबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ