+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सशस्त्र प्रहरीमा एआईजी बढुवामा लफडा: भावी आईजीपीको दौड र सत्ताको खिचातानीले संवेदनशील विभाग नेतृत्वविहीन!

अत्रिदेव खबर
२०८२ जेष्ठ १३, मंगलबार

काठमाडौं : सशस्त्र प्रहरी बल नेपालमा एक एआईजी पदको बढुवा ३ सातादेखि रोकिएको छ, जसको मुख्य कारण सत्तारुढ नेपाली कांग्रेस र एमालेबीचको भागबन्डा र भावी आईजीपीको दौड रहेको खुलेको छ। सीमा सुरक्षा विभागजस्तो संवेदनशील निकायको प्रमुखविहीन भएको डेढ महिना बितिसक्दा पनि सरकारले यसलाई प्राथमिकतामा नराखेको भन्दै चौतर्फी आलोचना भइरहेको छ।

२ वैशाखमा एआईजी चन्द्रप्रकाश गौतम अनिवार्य अवकाशमा गएपछि रिक्त भएको पदमा बढुवाका लागि डीआईजीहरू कमल गिरी, गणेश ठाडामगर लगायतका ८ जनाले फारम भरेका छन्। तर, यो बढुवा अहिलेको भन्दा पनि २०८४ सालमा संगठन प्रमुख (आईजीपी) बन्ने बलियो आधार हुने भएकाले निकै पेचिलो बनेको छ। राजनीतिक दलहरूले आ-आफ्ना उम्मेदवारलाई च्याप्दा बढुवा प्रक्रिया नै अवरुद्ध भएको सशस्त्र प्रहरी स्रोत बताउँछ।

सशस्त्र प्रहरीका पूर्व एआईजी नारायणबाबु थापाले ‘फोर्स भनेको लडाइँ हो, यसलाई हेलचेक्र्याईं गर्नुहुँदैन’ भन्दै तत्काल बढुवा गर्नुपर्नेमा जोड दिएका छन्। उनले एक एआईजीको बढुवाको असर सिपाहीसम्म पर्ने बताएका छन्। अर्का एक पूर्व एआईजीले भने, ‘सूचना निकाल्न पनि लगाउने अनि बढुवा सिफारिस नहुँदा बार्गेनिङ भइरहेको छ भन्ने शंका गर्ने ठाउँ सरकारले नै दिएको छ।’

हाल ३ एआईजीको दरबन्दी रहेको सशस्त्रमा यो विवादको बीचमा अर्को एक एआईजीको दरबन्दी थप्ने चलखेलसमेत सुरु भएको स्रोतले बताएको छ। विगतमा पनि आफू निकटका व्यक्तिलाई बढुवा गर्नकै लागि दरबन्दी थपघट गर्ने प्रचलन रहेको भन्दै यसमा पूर्व सुरक्षाकर्मीहरूले चिन्ता व्यक्त गरेका छन्। भारत-पाकिस्तान तनावको संवेदनशील समयमा सीमा विभागको नेतृत्वविहीन हुनुले राष्ट्रिय सुरक्षामा समेत जोखिम बढेको विज्ञहरूको भनाइ छ।

२०८२ जेष्ठ १३, मंगलबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ जेष्ठ १३, मंगलबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ