+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

प्रचण्डको गर्जन: संविधान र संघीयता विरोधीलाई सफल हुन दिन्न

अत्रिदेव खबर
२०८२ जेष्ठ १३, मंगलबार

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान र संघीयताविरोधीहरूको प्रयास कुनै हालतमा सफल नहुने दाबी गरेका छन्। शहिद लखन गाउँपालिकाको प्रशासनिक भवन उद्घाटन गर्दै उनले सबै क्षेत्रको पहिचानसहित यो संविधान बनेकोले यसको रक्षाका लागि एकताबद्ध भएर अगाडि बढ्नुपर्नेमा जोड दिए।

प्रचण्डले संविधान र व्यवस्था विरोधीहरू सफल हुने सम्भावना नरहेको भन्दै जनताको समस्या समाधानमा सुशासन, सामाजिक न्याय र आर्थिक विकास महत्त्वपूर्ण रहेको बताए। “हामीले जनतालाई सकारात्मक परिणाम दियौँ भने त्यो [विरोध] आफैँ बिलाएर जान्छ,” उनले भने, “तर सतर्क भने हुनुपर्छ।” उनले नेपालमा केही छैन र केही हुँदैन भन्ने नकारात्मक भाष्य बढ्दै गएकोमा चिन्ता व्यक्त गरे।

अध्यक्ष प्रचण्डले बूढीगण्डकी आयोजना निर्माणका लागि राजनीतिक समझदारी अपरिहार्य रहेको भन्दै आफूले निरन्तर पहल गरिरहेको बताए। उनले आफू प्रधानमन्त्री भएका बेलाजस्तो बूढीगण्डकी आयोजनाको मोडालिटीबारे अरू कसैको पालामा छलफल नभएकोमा असन्तुष्टि पोखे। युवाहरू विदेशिने र समाजमा निराशा बढ्दै गएको सन्दर्भमा प्रचण्डले त्यसलाई चिर्न स्वदेशभित्रै रहेका स्रोत, साधन र सम्भावनाको अधिकतम उपयोग गरी देशमै केही गर्न सकिन्छ भन्ने भावना जगाउन आवश्यक रहेको बताए। उनले “नेपाल संसारमै सम्भावनायुक्त देश हो। युवाहरूले निराशा होइन, आशाको भावना बोकेर अघि बढ्नुपर्छ” भन्दै युवाहरूलाई उत्प्रेरित गर्न खोजे।

गोरखाको विकासमा आफूले प्रधानमन्त्री र प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतले पनि निरन्तर ध्यान दिएको प्रचण्डले बताए। “संघीयता कार्यान्वयन र स्थानीय तहलाई प्रभावकारी बनाउन म प्रधानमन्त्री हुँदा संघ, प्रदेश र स्थानीय तहबीच समन्वयका लागि पटक–पटक बैठक आयोजना गरेर संघीयताको कार्यान्वयनका लागि पहल गरेको थिएँ,” उनले भने, “तर केपी शर्मा ओली प्रधानमन्त्री भएपछि त्यो काम रोकिएको छ।” संविधानमा उल्लेखित कतिपय अधिकार अझै कार्यान्वयनमा नआएकोमा उनले चिन्ता व्यक्त गरे। “गाउँगाउँमा सिंहदरबार” भन्ने अवधारणा आफूले नै ल्याएको उल्लेख गर्दै त्यसको पूर्ण कार्यान्वयन हुन नसकेको उनको भनाइ थियो।

२०८२ जेष्ठ १३, मंगलबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ जेष्ठ १३, मंगलबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ