+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

आधा घण्टालाई स्थगित संसद् अझै सुरु भएन

अत्रिदेव खबर
२०८२ जेष्ठ १३, मंगलबार

काठमाडौँ : भिजिट भिसा प्रकरणलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रसहितका विपक्षी दलले गृहमन्त्रीको राजीनामा माग गर्दै संसद् अवरोध गरेपछि प्रतिनिधिसभा बैठक अझै सुरु हुन सकेको छैन। मंगलबारको बैठकमा विपक्षी दलका सांसदहरूले निरन्तर नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले आधा घण्टाका लागि स्थगित गरेको बैठक अझै सुचारु हुन सकेको छैन।

राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानविन समिति बनाएर गृहमन्त्रीमाथि पनि अनुसन्धान गर्न माग गरेका छन्। गृहमन्त्रीको राजीनामा नआउँदासम्म संसद् अघि बढ्न नसक्ने अडान उनीहरूले राखेका छन्।

यता, सत्तापक्षका सांसदहरूले भने गृहमन्त्री आफूमाथि लागेको आरोपबारे जवाफ दिन उपस्थित भएकाले उनलाई बोल्न दिनुपर्ने बताउँदै आएका छन्। विवाद समाधानका लागि छलफल जारी रहेको बुझिएको छ।

२०८२ जेष्ठ १३, मंगलबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ जेष्ठ १३, मंगलबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ