+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

विनिता कठायत: फिल्ममेकिङदेखि संसदसम्मको अनपेक्षित यात्रा र तितो यथार्थ

अत्रिदेव खबर
२०८२ जेष्ठ १३, मंगलबार

काठमाडौँ: जुम्लामा जन्मिएर काठमाडौँमा हुर्किएकी विनिता कठायत को जीवनयात्रा एउटा अनपेक्षित मोडबाट गुज्रिएको छ। फिल्ममेकिङ पढ्न मुम्बई पुगेकी उनी, कोभिडका कारण नेपालमै रोकिएपछि रवि लामिछानेको ग्यालेक्सी टिभी हुँदै अप्रत्याशित रूपमा राजनीतिमा होमिएकी छिन्।

ग्यालेक्सी टिभीमा एङ्करहरूको ड्रेस डिजाइन गर्दै र ‘पर्खालबाहिर’ कार्यक्रम निर्देशन गर्दै गर्दा विनिता रवि लामिछानेको कार्यशैली र जन-प्रभावबाट निकै प्रभावित भइन्। उनले नयाँ पार्टी खोल्दा सुरुमा भोट हाल्ने सोचेकी थिइन्, तर एक्कासि दीपक बोहोरा दाइको फोनले उनको जीवनमा अर्को मोड ल्यायो— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिकमा नाम राख्ने प्रस्ताव।

राप्रपा र कांग्रेसको पृष्ठभूमि रहेको परिवारका कारण सुरुमा अलमलमा परे पनि, बुबाको समर्थन र रवि लामिछानेप्रतिको विश्वासले उनलाई राजनीतिमा आउन प्रेरित गर्‍यो। जुम्ला पुग्दा “पागल” भन्दै गरिएको व्यवहार र दाइको राजनीतिक भविष्य बिग्रिएको भन्ने टिप्पणीले उनलाई दुःखी बनाए पनि, जनताको माया र विश्वासले उनलाई अगाडि बढ्न हौसला दियो।

सांसदको यथार्थ र व्यक्तिगत जीवनको चुनौती
सांसद बनेपछि कर्णालीको विकासमा कायापलट ल्याउने सपना देखेकी विनिताले संसदको यथार्थ बुझिन्। उनलाई “सांसद भनेर गर्व गर्नलायक काम गर्न नसकेको” महसुस भएको छ। उनी भन्छिन्, “प्रधानमन्त्रीज्यूले पनि म प्रधानमन्त्री हुँ भन्ने अवस्था छैन। अवस्था त लाजमर्दो नै छ।” पुराना नेताहरूबाट “बच्चा हो तिमीहरू” भन्ने टिप्पणीले पनि उनलाई दुःखी बनाएको छ।

संसदभित्र र बाहिर आफ्नो व्यक्तिगत जीवनमाथि गरिने अनावश्यक टिप्पणी ले विनितालाई सबैभन्दा बढी चित्त दुखेको छ। जिम गएको वा पुरुष सांसदसँग खाजा खाएको विषयमा गरिने गसिपले महिला सांसदहरूलाई राजनीतिमा आउन निरुत्साहित गर्ने उनको भनाइ छ। उनले स्पष्ट रूपमा भनेकी छिन्, “मान्छेमा सेल्फ केयर भन्ने पनि त हुन्छ होला… म अविवाहित छु, मैले ब्वइफ्रेन्ड बनाउन नि पाएँ, ब्वइफ्रेन्ड बनाएर डेट जान नि पाएँ।” विनिता कठायतको यो यात्राले नेपाली राजनीतिमा नयाँ पुस्ताको आगमन, उनीहरूले सामना गर्ने चुनौती र महिला सांसदहरूमाथि समाजले गर्ने अपेक्षाबारे गम्भीर बहसको आवश्यकता देखाएको छ।

२०८२ जेष्ठ १३, मंगलबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ जेष्ठ १३, मंगलबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ