काठमाडौं: भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नता नरहेको नेपाली कांग्रेसले ठोकुवा गरेको छ। आज बिहान बसेको पदाधिकारी बैठकले मन्त्री लेखक कुनै पनि अनियमिततामा संलग्न नभएको निष्कर्ष निकालेको हो।
बैठकपश्चात् कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले दृढतापूर्वक भने, ‘जहाँसम्म गृहमन्त्रीज्यूको कुरा छ, उहाँ संलग्न हुनुहुन्न भन्ने कुरामा हामी पूर्ण विश्वस्त छौँ। जो संलग्न छन् तिनलाई कठोर कारबाही हुनुपर्छ।’
यो निष्कर्षले गृहमन्त्री लेखकमाथिको नैतिक दबाबलाई कम गर्ने देखिएको छ भने कांग्रेसले यस प्रकरणमा थप अनुसन्धान र दोषीलाई कारबाहीको माग गरेको छ।
२०८२ जेष्ठ १२, सोमबार