पोखरा : पोखरामा जारी राष्ट्रिय युवा संघ नेपालको १०औँ राष्ट्रिय महाधिवेशनमा सुदूरपश्चिम प्रदेशबाट केन्द्रीय सचिव पदका उम्मेदवार अरुण कुँवरले देशभरका युवाहरूको ध्यान खिचेका छन्। उनको उम्मेदवारीले सुदूरपश्चिमको युवा नेतृत्वलाई राष्ट्रिय राजनीतिमा स्थापित गर्ने र समग्र युवा आन्दोलनलाई नयाँ दिशा दिने ऐतिहासिक अवसरका रूपमा हेरिएको छ।
सुदूरपश्चिमको ऊर्जावान प्रतिनिधित्व
सुदूरपश्चिम प्रदेशले सधैँ ऊर्जावान र जुझारु युवा नेतृत्व प्रदान गरेको छ। यस पटक पनि अरुण कुँवरको रूपमा हामीले एक सामर्थ्यवान, निडर र निष्ठावान युवा पाएका छौँ, जो युवाहरूको भविष्य निर्माण गर्ने सपना बोकेर आएका छन्। कुँवर केवल सुदूरपश्चिमको गौरव मात्र होइनन्, उनी सम्पूर्ण संगठनको नेतृत्व क्षमताको प्रतीक हुन्। उनको नेतृत्वमा युवा संघले नयाँ उचाइ चुम्नेछ भन्ने विश्वास सुदूरपश्चिमका युवाहरूमा मात्र होइन, देशभरका प्रतिनिधिहरूमाझ पनि झांगिएको छ।
युवाहरूको आवाज र आशाको केन्द्र
अरुण कुँवरलाई सुदूरपश्चिमका युवाहरूले दुःख-सुखको साथीका रूपमा चिन्छन्। उनी हरेक युवाको समस्यामा साथ दिने, उनीहरूको आवाज बुलन्द गर्ने र हरेक चुनौतीमा अगाडि उभिने एक सच्चा नेता हुन्। उनको नेतृत्व क्षमता, दूरदृष्टि र युवाहरूका लागि केही गर्ने अठोटले उनलाई केन्द्रीय कमिटीको सचिव पदका लागि अत्यन्तै उपयुक्त पात्र बनाएको छ। उनीसँग युवाहरूको सपनालाई साकार पार्ने र उनीहरूलाई सही मार्गमा डोर्याउने सामर्थ्य छ। युवाहरूको सुख-दुःखमा सधैँ साथ दिने र उनीहरूको हितका लागि जुनसुकै परिस्थितिमा पनि खरो उत्रने उनको प्रवृत्तिले नै उनलाई सुदूरपश्चिमका युवाहरूको पावर हाउस बनाएको हो। उनीबाटै युवाहरूले आफ्नो आशा र भविष्य देखिरहेका छन्।
अबको साझा लक्ष्य: अरुण कुँवरको विजय
यो निर्वाचन केवल एक पदको लडाइँ मात्र होइन। यो युवा नेतृत्वलाई सशक्त बनाउने र सुदूरपश्चिमको नयाँ युग सुरु गर्ने ऐतिहासिक अवसर हो। हामी सुदूरपश्चिमका सम्पूर्ण युवाहरू अरुण कुँवरलाई पूर्ण समर्थन गर्दै उनको विजयको कामना गर्दछौं। अब हामी सबै जना मिलेर, एकताबद्ध रूपमा अगाडि बढ्नुपर्छ र अरुण कुँवरलाई केन्द्रीय सचिवमा विजयी गराउनुपर्छ।
अरुण कुँवरको विजयले राष्ट्रिय युवा संघ नेपालमा युवाहरूको प्रतिनिधित्व मात्र बढाउने छैन, यसले समग्र देशको युवा आन्दोलनमा पनि नयाँ ऊर्जा र दिशा प्रदान गर्नेछ। उनीजस्तो भिजन भएको, निष्ठावान र जुझारु युवा नेता केन्द्रीय नेतृत्वमा आउनु युवा संघ र समग्र राष्ट्रकै लागि हितकर छ।
अब सबै मिलेर जित सुनिश्चित गरौँ, अरुण कुँवरलाई केन्द्रीय सचिवमा पुर्याऔँ!
२०८२ जेष्ठ ११, आईतबार