+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

गुरुङको ‘त्याग’ उपदेश: देउवाको सत्तालिप्सा छोप्ने असफल प्रयास ?

अत्रिदेव खबर
२०८२ जेष्ठ १०, शनिबार

काठमाडौँ : नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले राजनीतिमा त्यागको मोलमोलाई गर्न नहुने स्पष्ट पारेका छन् । शनिबार स्याङ्जाका पूर्वसभापति स्व. खगेन्द्रराज रेग्मीको प्रथम स्मृति सभामा बोल्दै उनले ‘मैले त्याग गरें, मैले के पाएँ?’ भन्ने भाष्य गलत रहेको बताए । गुरुङका अनुसार राजनीति भनेको नितान्त देश र जनताको लक्ष्य प्राप्तिका लागि गरिने अविराम यात्रा हो ।

गुरुङले राजनीतिलाई एउटा अनवरत यात्रासँग तुलना गर्दै यसमा को कहाँ पुग्यो वा पुगेन भन्ने कुरा गौण रहेको बताए । उनको भनाइमा, लक्ष्य प्राप्ति नै प्रमुख हो र त्यसका लागि निरन्तर खट्नुपर्छ । उनले पार्टी सभापति शेरबहादुर देउवाको उदाहरण दिँदै भने, “उहाँले राजनीतिक यात्राका क्रममा खप्नुभएको उतारचढाव व्याख्या गरिरहनु पर्दैन । रिस गरेर हुन्छ, पाँच पटक प्रधानमन्त्री बन्नुभयो । भनेर हुन्छ, अझै ६–७ पटक पनि बन्न सक्नुहुन्छ । त्यो यात्रा हो नि त ।” गुरुङले देउवाको अटल यात्राले नै उहाँका लागि ढोका खुल्दै गएको जिकिर गरे ।

आँधीबेहरी चिचोल्ने साहस नै राजनीति
उपसभापति गुरुङले राजनीतिमा आउने आँधीबेहरी र चुनौतीहरूलाई छिचोल्दै अघि बढ्नुपर्नेमा जोड दिए । उनको भनाइको सार थियो— राजनीतिकर्मीले व्यक्तिगत लाभ वा प्राप्तिका लागि नभई सामूहिक हित र देशको उन्नतिको लागि समर्पित हुनुपर्छ । यसरी नै वास्तविक राजनीतिको मर्म झल्किने उनको धारणा थियो । के राजनीतिको मर्म साँच्चै व्यक्तिगत त्याग र सामूहिक हितमा मात्रै सीमित रहनुपर्छ त?

२०८२ जेष्ठ १०, शनिबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ जेष्ठ १०, शनिबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ