+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

प्रचण्डको सिधा प्रहार: ओली सरकार ‘दलालको हितमा’

अत्रिदेव खबर
३ हप्ता अगाडी

बागलुङ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी ओली नेतृत्वको सरकार भ्रष्टाचार संरक्षण र दलालको हितमा लिप्त रहेको भन्दै कडा आरोप लगाएका छन्। जागरण अभियानअन्तर्गत बागलुङ बजारमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले सरकार गलत बाटोमा हिँडिरहेको ठोकुवा गरेका छन्।

प्रचण्डले विमानस्थल भन्सारमा भइरहेको लाखौँ–करोडौँको घोटालाप्रति गम्भीर चिन्ता व्यक्त गरे। उनले आफू प्रधानमन्त्री र नारायणकाजी गृहमन्त्री हुँदा भ्रष्टाचार नियन्त्रणमा कडाइ गरेको स्मरण गराउँदै अहिले एउटै रुटबाट लाखौं रुपैयाँ भ्रष्टाचारका रूपमा सरकारको हातमा गइरहेको खुलासा गरे। यसरी भ्रष्टाचार मौलाउँदा आर्थिक स्थितिमा सुधार असम्भव हुने उनको भनाइ थियो।

प्रचण्डले अहिलेको अभियानको मुख्य उद्देश्य नै सरकारको गलत क्रियाकलापको भण्डाफोर गर्नु रहेको स्पष्ट पारे। उनले सरकारलाई खबरदारी गरिरहेको र यदि यसबाट पनि शिक्षा नलिए आन्दोलित हुने तयारी रहेको चेतावनी दिए।

उनले ‘देश बन्दैन, कुनै पार्टी पनि राम्रा छैनन्’ भन्ने गलत भाष्य बनेकोमा चिन्ता व्यक्त गरे। प्रचण्डले यदि सरकारले आफूलाई नसच्याए नेपालमा निकै ठूलो जनआन्दोलनको स्थिति बन्ने भविष्यवाणी गरे। उनले जनतामा दिनप्रतिदिन आवेग र आक्रोश बढ्दै गएको र सरकार जति उल्टो बाटोमा चल्छ, जनतामा त्यति नै आक्रोश बढ्ने बताए।

प्रमुख प्रतिपक्षी दलको हैसियतले अहिले सरकारलाई खबरदारी मात्रै गरेको प्रचण्डले बताए। उनले आन्दोलनको अपिल अझै नगरेको तर सरकार यही रूपले अगाडि बढ्ने हो भने आउने वर्षापछि शक्तिशाली आन्दोलन बन्ने र त्यसले नयाँ आर्थिक र सांस्कृतिक क्रान्तिको वातावरण सिर्जना गर्ने दाबी गरे। समाजलाई समृद्धिको यात्रामा डोर्याउन उक्त आन्दोलन महत्त्वपूर्ण हुने उनको भनाइ थियो।

प्रचण्डले सरकारलाई समयमै सच्चिन आग्रह गर्दै माओवादीले गम्भीर ढङ्गले अपिल गर्दा त्यसको विशेष अर्थ र महत्त्व हुने बताए। विगतमा पनि आफूहरूले उठाएका विषयलाई गम्भीरतापूर्वक नलिँदा १० वर्षे जनयुद्धको रूपमा विद्रोहले जन्म लिएको स्मरण गराउँदै सरकारलाई गम्भीर हुन चेतावनी दिए।

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ