+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

महानगरमा ‘वार’ सुरु

हाकिमलाई रोक्ने नगर प्रहरी प्रमुखमाथि स्पष्टीकरणको डण्डा, मेयर र प्रशासकीय अधिकृतबीचको शीतयुद्ध उत्कर्षमा!

अत्रिदेव खबर
२०८२ जेष्ठ ६, मंगलबार

काठमाडौं : काठमाडौं महानगरपालिकाभित्रको आन्तरिक कलह अब सार्वजनिक ‘युद्ध’ मा परिणत भएको छ। मेयर बालेन्द्र साह र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँबीचको लुकामारी उत्कर्षमा पुग्दा त्यसको सोझो असर महानगरको शान्ति सुरक्षा हेर्ने नगर प्रहरीमा परेको छ। प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले महानगर प्रहरीका निमित्त प्रमुख राजुनाथ पाण्डेलाई स्पष्टीकरण सोधेका छन्। केही दिनअघि आफूलाई कार्यालय प्रवेशमा अवरोध गरेको विषयमा यो ‘एक्सन’ लिइएको हो।

महानगर स्रोतका अनुसार पाण्डेलाई ७ दिनभित्र स्पष्टीकरणको जवाफ दिन अल्टिमेटम दिइएको छ। गुरागाईँले हिजो सोधेको स्पष्टीकरण पत्र पाण्डेले आज बुझेको स्रोतले पुष्टि गरेको छ। यो घटनाक्रमले महानगरभित्रको शक्ति संघर्ष थप चर्कने संकेत दिएको छ।

निलम्बनको ‘नाटक’ र कार्यालय प्रवेशको ‘जबरजस्ती’

काठमाडौंका मेयर बालेन्द्र साहले अघोषितरूपमा निलम्बनमा राखेका गुरागाईँ गत २१ चैतमा महानगर कर्मचारी र जनप्रतिनिधिको सहयोगमा कार्यालय प्रवेश गरेका थिए। त्यस दिन नगर प्रहरीले उनलाई रोक्न जबरजस्ती अवरोध गरेको थियो। नगर प्रहरी प्रमुख पाण्डेकै नेतृत्वमा बाक्लो संख्यामा नगर प्रहरी उनलाई रोक्न खटिएका थिए। स्पष्टीकरण पत्रमा मुख्य विषय यही ‘कडा’ अवरोध नै रहेको बुझिएको छ।

मेयरको ‘आँखा’ र कानूनको ‘छल’

कानूनी व्यवस्थाअनुसार नगर प्रहरी प्रशासकीय अधिकृतको मातहतमा रहेर काम गर्नुपर्छ। तर, निमित्त प्रमुख पाण्डे भने मेयर साहबाट सिधा परिचालित हुँदै आएका छन्। यसले कानूनको खुलेआम धज्जी उडाएको आरोप लाग्ने निश्चित छ। घटनापछि पाण्डेले गुरागाईंसँग ‘माफी’ मागेको भनिए पनि यो स्पष्टीकरणले उनलाई थप अप्ठ्यारोमा पारेको छ।

महानगरभित्रको यो आन्तरिक गृहयुद्ध ले आम नागरिकमा थप त्रास र अनिश्चितता पैदा गरेको छ। महानगरको प्रशासनिक कार्यमा समेत यसले गम्भीर असर पार्ने निश्चित छ। अब यो विवादले कुन नयाँ मोड लिन्छ, त्यो हेर्न बाँकी नै छ।

२०८२ जेष्ठ ६, मंगलबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ जेष्ठ ६, मंगलबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ