+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सुपर थ्रीको अन्तिम खेलमा नेपालले थाइल्यान्डविरुद्ध टस जित्यो

अत्रिदेव खबर
२०८२ जेष्ठ ६, मंगलबार

काठमाडौ :आईसीसी महिला टी-२० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत सुपर थ्रीको अन्तिम खेलमा नेपालले थाइल्यान्डविरुद्ध टस जितेको छ।

थाइल्यान्डको बै‌ंककस्थित ट्रेडथाई क्रिकेट मैदानमा मंगलबार बिहान नेपालले टस जितेर फिल्डिङ रोजेपछि घरेलु टोली थाइल्यान्डले पहिले ब्याटिङ गर्नेछ। यसअघि नै ग्लोबल छनोटमा पुगिसकेका नेपाल र थाइल्यान्ड आज सुपर थ्रीको शीर्ष स्थानमा रहन स्पर्धा गर्दै छन्। सुपर थ्रीको आफ्नो पहिलो खेलमा सोमबार यूएईलाई ५ विकेटले पराजित गर्दै नेपाल पहिलोपटक ग्लोबल छनोटमा पुगेको हो।

यस्तै थाइल्यान्ड आइतबार यूएईलाई ५४ रनले हराउँदै ग्लोबल छनोटमा पुगेको हो।

२०८२ जेष्ठ ६, मंगलबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ जेष्ठ ६, मंगलबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ