दैलेख : प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले द्वन्द्वकालमा हत्या गरिएका दैलेखका पत्रकार डेकेन्द्र थापाको सालिकमा माल्यार्पण गरेका छन्।
माओवादी केन्द्रको मध्यपहाडी लोकमार्गकेन्द्रित अभियानका लागि दैलेख पुगेका प्रचण्डले दैलेख बजारस्थित डेकेन्द्र चोकमा रहेको थापाको सालिकमा फुलमालासहित माल्यार्पण गरेका हुन्।
प्रचण्डले माल्यार्पणअघि थापाको घरमा गएर आमासँग र परिवारसँग भेटघाट समेत गरेका थिए। द्वन्द्वकालमा माओवादीले थापाको अपहरण गरी हत्या गरेको थियो। माओवादी मिलिसियाको नियन्त्रणमा राखिएका डेकेन्द्रको ०६१ साउन २७ गते नेरा निमाविको कक्षाकोठामा हत्या गरिएको थियो।
२०८२ जेष्ठ ५, सोमबार