+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

विवाद, विरोध, नियुक्ति: सुदूरपश्चिममा रामेश्वर मन्त्री

अत्रिदेव खबर
२०८२ जेष्ठ ४, आईतबार

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारको उद्योग, पर्यटन, वन र वातावरण मन्त्रीका रूपमा रामेश्वर चौधरीको नियुक्ति भएको छ। उनको नियुक्ति पूर्व मन्त्री लक्ष्मणकिशोर चौधरीको राजीनामा पछि गरिएको हो। रामेश्वर चौधरीलाई नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता धनश्याम चौधरीले मन्त्री पदको लागि सिफारिस गरेका थिए।

चौधरीको शपथ ग्रहण भने थोरै विवादको कारण स्थगित गरिएको थियो। नाउपाको सांसद खुसीराम चौधरीले दल नेताले बिना छलफल रामेश्वर चौधरीको नाम सिफारिस गरेको भन्दै मुख्यमन्त्री कार्यालय र पार्टी अनुशासन समितिमा पत्र लेखेका थिए। उनको असहमतिका कारण शपथ ग्रहण शुक्रबारका लागि तय गरिएको भए पनि स्थगित भएको थियो।

हालका लागि मुख्यमन्त्री कमलबहादुर शाहको कार्यालयमा नयाँ मन्त्रीको शपथ ग्रहण प्रक्रिया अघि बढाउने तयारी गरिएको छ। आर्थिक विवादको कारण राजीनामा दिएका लक्ष्मणकिशोर चौधरीको पद रिक्त भएपछि उनीसँगै पार्टीका आन्तरिक विवाद पनि सतहमा आएका छन्। सुदूरपश्चिम प्रदेशसभामा नाउपाका ७ सांसद रहेका छन्, जसका बीचमा मन्त्री चयनका विषयमा गम्भीर मतभेद देखिएको छ।

२०८२ जेष्ठ ४, आईतबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ जेष्ठ ४, आईतबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ