+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

मध्यपहाडी अभियान कर्णालीमा, प्रचण्डले दिए सुदूरपश्चिमलाई धन्यवाद

अत्रिदेव खबर
२०८२ जेष्ठ ४, आईतबार

सुर्खेत : माओवादी केन्द्रले सुरु गरेको मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान आइतबार कर्णाली प्रदेश प्रवेश गरेको छ। अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा रहेको टोली सुदूरपश्चिम प्रदेशको यात्रा पूरा गरी राकम पुल हुँदै कर्णाली प्रवेश गरेको हो।

सुदूरपश्चिम इञ्चार्ज गिरिराजमणि पोखरेल नेतृत्वको टोलीले कम्युनिस्ट पार्टीको झण्डा र राष्ट्रिय झण्डा कर्णाली प्रदेश इञ्चार्ज कालीबहादुर खामको टोलीलाई हस्तान्तरण गर्दै अभियान औपचारिक रूपमा कर्णालीलाई जिम्मा दिएको थियो।

राकममा अध्यक्ष प्रचण्डसहितको टोलीलाई माओवादी नेताहरूले भव्य स्वागत गरे। स्वागतपछि प्रचण्डले सुदूरपश्चिम प्रदेशमा अभियान सफलतापूर्वक सम्पन्न भएकोमा धन्यवाद व्यक्त गरे।

माओवादी केन्द्रले गत शुक्रबार बैतडीको पाटनबाट अभियान सुरु गरेको हो। अब अभियान कर्णाली प्रदेश हुँदै अन्य प्रदेशतर्फ अघि बढ्ने माओवादी नेताहरूले बताएका छन्।

२०८२ जेष्ठ ४, आईतबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ जेष्ठ ४, आईतबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ