+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

कैलालीमा ट्रालीभित्र लुकाएर राखिएको अवैध सालको काठ बरामद

अत्रिदेव खबर
२०८२ जेष्ठ ३, शनिबार

धनगढीः कैलालीको गौरीगंगा नगरपालिका–६ कठौतीस्थित पूर्व–पश्चिम राजमार्गमा अबैध साल जातको काठ बरामद गरिएको छ।

प्रहरीका अनुसार शुक्रवार दिउँसो साढे १२ बजे से १ त ९५१७ नम्बरको ट्याक्टरको ट्रालीको चक्का निस्किएर बिग्रिएपछि सडकको दायाँ साइडमा रोकिएको अवस्थामा ट्रालीभित्र बालुवामा लुकाएर राखिएको साल जातको काठ फेला परेको हो।

इलाका प्रहरी कार्यालय चौमलाबाट खटिएको प्रहरी टोलीले ट्रालीभित्र लुकाइछिपाई राखिएको ६ थान गोलिया साल काठ (जम्मा ४९.०५ क्युफिट) अनुमानित मूल्य करिब ४९ हजार बराबरको काठ बरामद गरेको हो। बरामद गरिएको काठ र ट्रालीलाई आवश्यक कानुनी प्रक्रिया अनुसार सब डिभिजन वन कार्यालय चौमालामा बुझाइएको प्रहरीले जनाएको छ।

२०८२ जेष्ठ ३, शनिबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ जेष्ठ ३, शनिबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ