+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

चौथो वर्षको बिदाई तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

अत्रिदेव खबर
२०८२ जेष्ठ २, शुक्रबार

पहलमानपुर : बुलबुले बहुमुखी क्याम्पस, पहलमानपुरमा आज चौथो वर्षको बिदाई तथा पुरस्कार वितरण कार्यक्रम अत्यन्तै सफल र भावनात्मक वातावरणमा सम्पन्न भएको छ।

कार्यक्रममा चौथो वर्षका विद्यार्थीहरूको बिदाईलाई केन्द्रमा राख्दै विविध सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरिएको थियो। विद्यार्थीहरूको प्रतिभा प्रदर्शन र उत्कृष्टता हासिल गर्नेहरूको सम्मानले कार्यक्रममा उत्साह थपेको थियो।

स्ववियु सभापति विवेक चौधरीले कार्यक्रमको समापनमा सहभागी सम्पूर्ण विद्यार्थी, शिक्षक, अभिभावक, अतिथि एवं आयोजनामा प्रत्यक्ष-अप्रत्यक्ष सहयोग पुर्‍याउने सबैप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा चौथो वर्षका विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना व्यक्त गरे। उनले भने, “आजको दिन चौथो वर्षका विद्यार्थीहरूका लागि एक नयाँ यात्राको सुरुवात हो। तपाईहरूको भविष्य उज्ज्वल, सफल र समृद्ध रहोस् भन्ने शुभकामना व्यक्त गर्दछु।”

कार्यक्रममा विभिन्न क्षेत्रहरूमा उत्कृष्टता हासिल गर्ने विद्यार्थीहरूलाई पुरस्कार प्रदान गरिएको थियो। सभापति चौधरीले यसले अरू विद्यार्थीहरूलाई पनि प्रेरित गर्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा सहभागी भएका विद्यार्थीहरू र अभिभावकहरूले पनि सफलताको कामना गर्दै कार्यक्रमको सराहना गरे। कार्यक्रमको सफल आयोजनाले क्याम्पसको शैक्षिक गतिविधिलाई थप प्रोत्साहन मिलेको क्याम्पस प्रशासनले जनाएको छ।

२०८२ जेष्ठ २, शुक्रबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ जेष्ठ २, शुक्रबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ