+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

रुख भाँचिदा पूर्व क्याम्पस प्रमुख भण्डारी घाइते

अत्रिदेव खबर
२०८२ जेष्ठ २, शुक्रबार

सुखड: कैलालीमा हावा हुरीका कारण सालको रुख भाँचिदा पूर्व क्याम्पस प्रमुख कर्णबहादुर भण्डारी घाइते भएका छन्।

जिल्लाको घोडाघोडी नगरपालिका–१ सुखडको राष्ट्रिय कलेजका पूर्व क्याम्पस प्रमुख भण्डारी शुक्रवार बिहान घाइते भएका हुन्। घर नजिकैको सालको रुख भाँचिएर भण्डारीलाई चोट लागेको हो। उनको टाउकोमा चोट लागेको इलाका प्रहरी कार्यालय, सुखडले बताएको छ।

घोडाघोडी अस्पताल, सुखडमा उपचार सम्भव नभएपछि थप उपचारका लागि भण्डारीलाई माया मेट्रो अस्पताल, धनगढीमा रिफर गरिएको प्रहरीले जनाएको छ।

२०८२ जेष्ठ २, शुक्रबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ जेष्ठ २, शुक्रबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ