+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

माओवादी सुदूरपश्चिम संसदीय दलको नेतामा फेरि खगराज! अध्यक्ष प्रचण्डकै निर्देशनमा भट्ट्को पुनरावृत्ति

अत्रिदेव खबर
२०८२ जेष्ठ २, शुक्रबार

डडेल्धुरा : नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतृत्व फेरि खगराज भट्टले सम्हालेका छन्। बिहीबार बसेको दलको बैठकले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’कै निर्देशनमा सर्वसम्मत निर्णय गर्दै भट्टलाई संसदीय दलको नेतामा चयन गरेको हो। यसअघि, २०८० माघ १२ गते बहुमतको बलमा खगराज भट्टलाई पदमुक्त गर्दै मानबहादुर धामीलाई नेता बनाइएको थियो।

तर, पार्टीभित्रको लामो खिचातानी र आन्तरिक कचहरीपछि अन्ततः अध्यक्ष प्रचण्डकै उपस्थितिमा बसेको बैठकले पुरानै नेतालाई जिम्मेवारी सुम्पनुको विकल्प नरहेको ठहर गर्दै भट्टलाई नै पुनः नेतृत्वमा फर्काएको हो।

बैठकमा अध्यक्ष प्रचण्डसँगै वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्षहरू अग्निप्रसाद सापकोटा र नन्दकिशोर पुन ‘पासाङ’, महासचिव देव गुरुङ लगायतका शीर्ष नेताहरूको उपस्थिति थियो।

नेतृत्व हेरफेरसँगै माओवादी केन्द्र सुदूरपश्चिम संसदीय दलको लामो समयदेखि चलिरहेको विवाद टुंगिएको छ। तर, एकपछि अर्को गर्दै नेताहरूलाई ‘हटाउने र राख्ने’ खेलले भने माओवादी केन्द्रको आन्तरिक संरचनामा गहिरो प्रश्न उठाएको छ।

अध्यक्ष प्रचण्डकै निर्देशनमा पुरानै नेतृत्वलाई फर्काउनुले माओवादी केन्द्रको आन्तरिक शक्ति सन्तुलन र नेताहरूबीचको विश्वासको संकटलाई झल्काउँछ। यो निर्णयले सुदूरपश्चिम प्रदेशको माओवादी राजनीतिमा कस्तो प्रभाव पार्छ? त्यो भने भविष्यले नै देखाउनेछ।

२०८२ जेष्ठ २, शुक्रबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ जेष्ठ २, शुक्रबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ