+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

टेराम्याक्स प्रकरणमा संलग्न रहेको आरोप

पूर्वमन्त्री मोहनबहादुर बस्नेतसहित १६ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा

अत्रिदेव खबर
२०८२ जेष्ठ १, बिहिबार

काठमाडौं :  पूर्व सूचना तथा सञ्चार प्रविधिमन्त्री मोहनबहादुर बस्नेतसहित १६ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। दूरसञ्चार क्षेत्रसँग जोडिएको टेराम्याक्स प्रकरणमा संलग्न रहेको आरोपमा उनीहरूविरुद्ध कारबाही अगाडि बढाइएको हो।

बस्नेत हाल प्रतिनिधिसभामा सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन्। मुद्दामा दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झा, केही सरकारी कर्मचारी तथा सम्बन्धित कम्पनीहरू समेत प्रतिवादीका रूपमा उल्लेख गरिएको छ।

अख्तियारका अनुसार मुद्दामा तीन अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ रुपैयाँ बराबरको बिगो माग दाबी गरिएको छ। यस प्रकरणमा सार्वजनिक पदको दुरुपयोग गर्दै राज्यलाई आर्थिक नोक्सानी पुर्‍याएको आरोप लगाइएको छ।

२०८२ जेष्ठ १, बिहिबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ जेष्ठ १, बिहिबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ