चितवन — मिश्र समाज नेपाल (अत्रि गोत्रिय) ले चितवन जिल्लामा भव्य भेला तथा अधिवेशन आयोजना गर्ने भएको छ। समाजका सम्पूर्ण मिश्र बन्धुहरूलाई गोलबन्द गर्दै, कुल पितृको उद्दार गर्ने उद्देश्यका साथ यो महान अभियानलाई सफल पार्न चितवन जिल्लाभरका मिश्र परिवारहरूमा सूचना सम्प्रेषण गरिएको छ।
कार्यक्रममा मिश्र समाज नेपालका बागमती प्रदेश उपाध्यक्ष सुदिप मिश्रले चितवन जिल्लाभर छरिएर रहेका मिश्र बन्धुहरूलाई गोलबन्द हुन आग्रह गरेका छन्। उनले समाजका प्रत्येक सदस्यले आ-आफ्नो स्थानबाट महत्वपूर्ण योगदान गरी कार्यक्रमलाई भव्य रूपमा सफल बनाउन अनुरोध गरेका छन्।
कार्यक्रमको विशेष आकर्षणका रूपमा छिमेकी जिल्ला देबघाटधाम तनहुँ, नवलपुर, धादिङ, र मकवानपुर जिल्लाका प्रतिनिधिहरूलाई अतिथिको रूपमा आमन्त्रण गरिएको छ । कार्यक्रम बैशाख २७ गते, शनिबार बिहान ११ विरेन्द्र बहुमुखी क्याम्पस (सभा हल), भरतपुर, चितवनमा हुने जनाइएको छ ।
उपाध्यक्ष मिश्रले समाजका हरेक सदस्यले कार्यक्रमको महत्त्वलाई बुझी अनिवार्य उपस्थिति जनाउन अपिल गरेका छन्। उनले यो भेलाले मिश्र समाजको एकता र समृद्धिमा थप योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन्।
यस ऐतिहासिक अवसरमा मिश्र समाजका सम्पूर्ण सदस्यहरूले उपस्थित भएर समाजको हितमा ऐक्यबद्धता प्रदर्शन गर्न अपिल गरिएको छ।
२०८२ बैशाख २५, बिहिबार