+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

“रेशम प्रकरणमा नाउपाको अल्टिमेटम: जवाफ दे, नत्र सरकार छाड्छौं”

अत्रिदेव खबर
२०८२ बैशाख २२, सोमबार

काठमाडौं — नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले आफ्ना संरक्षक रेशम चौधरीलाई अपहरण शैलीमा पक्राउ गरिएको भन्दै कडा विरोध जनाउँदै आएको छ। प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै नाउपाका सांसद लालवीर चौधरीले सरकारले तत्काल जवाफ नदिए सत्ता साझेदारी पुनर्विचार हुने चेतावनी दिए।

वैशाख १७ गते जनमत पार्टीसँग एकता प्रक्रिया अघि बढिरहेका बेला चौधरीलाई ‘अपहरण शैलीमा’ नियन्त्रणमा लिएर डिल्लीबजार ल्याइएको आरोप लगाइएको छ। सरकार अझै मौन रहेको भन्दै सांसद चौधरीले भने, “अब धेरै धैर्य गरिन्न। भोलिको बैठकमै प्रधानमन्त्री वा गृहमन्त्रीले जवाफ दिनुहोस्, नभए सरकार छाड्न बाध्य बनाइन्छ।”

सरकारमा सहभागी साना दलहरूको असन्तुष्टि सतहमा आउँदै गइरहेका बेला नाउपाको यस्तो चेतावनी सत्ता समीकरणमा चर्को दबाबको संकेतसमेत हो।

२०८२ बैशाख २२, सोमबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ बैशाख २२, सोमबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ