+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

‘जनताकै घरदैलोमा माओवादी’

तराई–मधेश जागरण अभियानले सुदूरपश्चिममा पार्टीको जनपक्षीय छवि बलियो बनाएको माओवादीको निष्कर्ष

अत्रिदेव खबर
२०८२ बैशाख १९, शुक्रबार

धनगढी ः ‘जनतासँग माओवादी’ नारासहित सुरु गरिएको तराई–मधेश जागरण अभियानले सुदूरपश्चिमको गाउँ–शहरसम्म पुगेर जनसंवाद, वैचारिक संप्रेषण र संगठन विस्तारको नयाँ अभ्यास सुरु गरेको छ। अभियानका क्रममा माओवादी केन्द्रका शीर्ष नेतृत्व स्थानीय बास, खानपिन र जीवनशैलीसँग घुलमिल हुँदै जनता नजिक पुगेका छन्।

झापाको कचनकेवलबाट १२ फागुनमा सुरु भई १७ वैशाखमा कञ्चनपुरको भिमदत्तनगरमा सम्पन्न यो अभियान सुदूरपश्चिमको ६ प्रतिनिधिसभा, ९ प्रदेशसभा, ९ पालिका र ४७ वडामा पुगेको थियो। अभियानको क्रममा हजारौ नागरिकसँग प्रत्यक्ष संवाद, बालबालिकाको अभिभावकत्व ग्रहण, शहीद तथा वेपत्ता परिवारसँग अन्तरक्रिया, र स्थानीय समस्याको अवलोकनजस्ता कार्यक्रमहरू गरिएको माओवादी सुदूरपश्चिम प्रदेश कमिटीले जनाएको छ।

प्रदेश इन्चार्ज गिरिराजमणि पोखरेलद्वारा जारी वक्तव्यमा जनअपेक्षा बुझ्न र पार्टीको भावी रणनीति जनआधारमै निर्माण गर्न यो अभियान निर्णायक भएको उल्लेख छ। उनले भने, “हामीले आन्दोलन मात्र होइन, अब जनजीवनसँग जोडिने ‘घरदैलो राजनीति’ सुरु गरेका छौँ।“

अभियानले जनतामा समाजवाद र सुशासनप्रति आशा जगाउँदै दलाल प्रवृत्तिको भण्डाफोर पनि गरेको माओवादीले जनाएको छ। पार्टी अध्यक्ष प्रचण्डसहितको नेतृत्वले स्थानीय जीवनशैलीमा घुलमिल हुँदै गरेको संवाद–अभियानले नयाँ राजनीतिक अभ्यासको संकेत दिएको विश्लेषकहरू बताउँछन्।

 

२०८२ बैशाख १९, शुक्रबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ बैशाख १९, शुक्रबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ