+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

रेशम चौधरी छुटे

अत्रिदेव खबर
२०८२ बैशाख १७, बुधबार

काठमाडौ : नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी छुटेका छन्। सर्वोच्च अदालतबाट अनधिकृत पत्रका आधारमा पक्राउ परेका चौधरीलाई सर्वोच्चले अर्को पत्र पठाएपछि छाडेको हो।
‘सर्वोच्चको अर्को पत्र आएपछि प्रक्रिया पुर्‍याएर उहाँलाई छाडेका हौं,’ डिल्लीबजार कारागार कार्यालका एक अधिकारीले भने।
बुधबार प्रज्ञा भवनमा नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीच एकताका लागि कार्यक्रम सुरु हुन लाग्दा उनी त्यहीँबाट पक्राउ परेका थिए।
सर्वोच्चको रिट तथा मुद्दा महाशाखाबाट चौधरीलाई पक्राउ गर्नू भन्ने पत्र पुगेपछि काठमाडौं प्रहरी परिसरले चौधरीलाई पक्राउ गरी बुधबार नै डिल्लीबजार कार्यालयमा बुझाएको थियो।
सर्वोच्चको पत्रबारे सर्वोच्च प्रशासन नै अनभिज्ञ थियो। यसले सर्वोच्चमै दिनभरि बबन्डर मच्चाएको थियो।

२०८२ बैशाख १७, बुधबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ बैशाख १७, बुधबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ